अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

शेयर बजार ९ अङ्कले घट्यो, झन्डै ८ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ साउन ५ गते ७:३७ मा प्रकाशित

पछिल्ला केही दिन लगातार बढिरहेको शेयर बजार कारोबार मापक नेप्से परिसूचक आज मङ्गलवार भने घटेको छ । नेप्से आज ९ अङ्कले घटेर २ हजार ९ सय ८५ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ । व्यापार, होटल, जलविद्युत्, उत्पादन र म्युचल फन्ड समूहको शेयर भने बढेको छ । म्युचल फन्ड समूहको शेयरमा आज कारोबार सुरु भएदेखि नै लगानीकर्ताको आकर्षण रहेको थियो ।

आज दुई सय १९ कम्पनीका ३ करोड १६ लाख ८ हजार कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नेपाल इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि लक्ष्मी उन्नति फन्ड र लक्ष्मी इक्विटी फन्डको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू