अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

नेप्से उच्च अंकले बढ्दा सेयर बजारमा हरियाली

बिआरटीनेपाल २०७८ असार ८ गते ८:२० मा प्रकाशित

धितोपत्र बोर्डको विज्ञप्तिपछि लगातार ओरालो लाग्दै आएको सेयरबजारमा मंगलबार उच्च अंकले बढेको छ ।मंगलबार नेप्से परिसूचक ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा उक्लिएको छ । आइतबार र सोमबार नेप्से अंकले घटेको थियो ।

धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो । त्यो क्रम मंगलबार भने रोकिएको छ ।मंगलबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १६.११ अंकले बढेर ५३६.२५ विन्दुमा कायम भएको छ ।

मंगलबार नेप्सेमा १० अर्ब २८ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा मंगलबार कूल २२५ वटा कम्पनीका एक करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर एक लाख १२ हजार ५० पटक खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू