अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:३६ मा प्रकाशित

यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ ।स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा इंग्लीश क्लब चेल्सीलाई ४–० ले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले उपाधि जितेको हो ।

चेल्सी विरुद्धको खेलको पहिलो हाफमै बार्सिलोनाले ४ गोल गर्यो । बार्साको लागि मेलानी लिउपोज, अलेक्सीया, आइताना र क्यारोलिनले एक एक गोल गरे । बार्सिलोनाले महिलाहरुको युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको यो पहिलो पटक हो । दुई वर्ष अगाडि भएको फाईनलमा बार्सिलोना फ्रान्सको लियोंसँग ४–१ ले हारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू