अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

त्रिदेशीय क्रिकेट– नेपालले मलेसियालाई ६९ रनले हरायो

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:२७ मा प्रकाशित

त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई ६९ रनले हराएको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । नेपालले अघिल्लो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ भने मलेसिया बाहिरिसकेको छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स पर्सि ११ गते खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू