अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

मनाङ मस्र्याङदी क्लब आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिरियो

बिआरटीनेपाल २०७७ चैत २३ गते ८:१७ मा प्रकाशित

मनाङ मस्र्याङदी क्लब आहा रारा गोल्डकपको पहिलो खेलबाट नै बाहिरिएको छ । आज भएको खेलमा मनाङलाई संकटा क्लवले १ –० गोल ले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा संकटालाई सेमिफाइनलमा पुर्याउनका लागि फोफोनाको एकमात्र गोल निर्णायक बन्यो ।

अब सेमिफाइनलमा संकटाले विभागिए टिम एपीएफसँग खेल्नेछ । एपीएफ पहिलो खेलमा घरेलु टिम सहारा क्लवलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । प्रतियोगितामा भोली थ्रीस्टार र नेपाल पुलिस क्लवविच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू