अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

प्रथम राज्य स्तरीय भलिबल प्रतियोगितामा कोलोराडोबाट टिम कलर फुल कोलोराडोले सहभागिता जनाउने

बिआरटीनेपाल २०७७ चैत ११ गते ८:२६ मा प्रकाशित

सुदूर-पश्चिम नेपाली समाज टेक्ससद्वारा आयोजित प्रथम राज्य स्तरीय भलिबल प्रतियोगितामा कोलोराडोबाट टिम कलर फुल कोलोराडोले (Team Colorful Colorado) सहभागिता जनाउने भएको छ । टिम कोलोराडोले २०१९ मा मिसिगन राज्यमा भएको राज्य स्तरीय भलिबल टूर्नामेंटमा प्रथम स्थान उपाधि जितेर आएको थियो ।

टिम संयोजक आर. सी पन्तले यसपालिको प्रतियोगितामा पनि यस टिमले उपाधि जितेर फर्किने विश्वास भएको जनाएका छन् । साथै यस पटकको टिम बनाउने क्रममा कोलोराडो राज्य भित्र भएका सबै नेपाली भलिबल टिमसँग सल्लाह गरेर बलियो टिम बनाएको पनि उनले बताएका छन् । सबैको टिमहरूको सल्लाह र सबै टिमहरू समेटिएको हुनाले टिमको नाम कलर फुल कोरोराडो राखिएको टिम संयोजक पन्तले बिआरटी नेपाललाई बताए ।

राज्य स्तरीय टिम क्याटेन सुमन के सीको अनुसार टिम कलर फुल कोलोराडोले गत महिना देखि गर्दै आएको खेलको तयारी सकिएको र टिम शुक्रवार रातिको फ्लाइटबाट टेक्सस जाने जानकारी गराएका छन् । टिमलाई कोलोराडोका समाजसेवी तथा ब्यबसाही वासुदेव खनालले टिम जर्सी उपलब्ध गराई हौसला प्रदान गरेका छन् । कोभिड-१९ को महामारी गर्दा बन्द भएका खेलकुदहरू बिस्तारै सुचारु हुन थालेका छन् ।

नेपालीहरू माझ लोकप्रिय रहेको भलिवाल खेललाई अमेरिकामा रहेका नेपाली बिच मनोरञ्जन तथा आपसी भाइचारा र सद्भाव विकास गराउन सुदूर- पश्चिम नेपाली समाज टेक्ससले आगामी मार्च २७ र २८ गते पहिलो पटक राज्य स्तरीय भलिबल प्रतियोगिता टेक्ससको फोर्थवर्थ सहरमा आयोजना गर्ने घोषणा गरेको छ । सुदूर-पश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष प्रेम शाहीले खेलमा करिब १७ देखी १९ अमेरिका स्थित राज्यस्तरिय नेपालीहरूको टिमको सहभागिता रहने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू