अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२
| Colorodo: 09:07
भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगङ्गा नदीमा मिसिँदा बाढी आएको हो । अलकनन्दामा पनि पानीको सतह बढेको छ ।
हिमताल फुटेर आएको बाढीमा परि मृत्यु भएका १८ जनाको शव निकालिएका स्थानीय अधिकारीले बताएका छन् । अझै पनि पनि १ सय ५० जना बेपत्ता रहेको र खोजी भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
हिमताल विस्फोटपछि आएको बाढीले ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार आयोजनामा काम गरिरहेका एक सय बढी मजदुर अझै हराइरहेका छन् भने सुरुङमा फसेका १६ जनाको जिवितै उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।