अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

भारतमा आज लोकसभा निर्वाचनको पाँचौ चरणको मतदान

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:१८ मा प्रकाशित

भारतमा आज लोकसभा निर्वाचनअन्तर्गतको पाँचौ चरणको मतदान भउको छ । आज उत्तरप्रदेशसहित ८ राज्यको ४९ सिटका लागि मतदान भएको हो ।यसअघि चार चरणमा गरेर ३ सय ८१ सिटका लागि मतदान सम्पन्न भइसकेको छ । भारतको लोकसभाका लागि सात चरणसम्मको मतदान हुने प्रावधान अन्तर्गत हुन लागेको पाँचौ चरणको मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । पाँचौ चरणको मतदानका लागि ६ सय ९५ जना चुनावी मैदानमा छन् । आज महाराष्ट्रको १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालको ७, बिहारको ५ , झारखण्डको ३, ओडिसाको पनि ५ र जम्मु कश्मिर र लद्दाका लागि एक एक सीटका लागि मतदान भएको हो ।

कुल ५ सय ४४ सिटका लागि हुने निर्वाचनको छैठौ चरणमा ५७ र सातौं चरणमा पनि ५७ सिटका लागि मतदान हुनेछ । सातौ चरणको मतदान सम्पन्न भएपछि आगामी जुन ४ मा मतगणना हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू