अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

ताइवानमा नयाँ राष्ट्रपतिको कार्यकाल शुरु, धम्की नदिन चीनलाई चेतावनी

बिआरटीनेपाल २०८१ जेठ ७ गते ४:३७ मा प्रकाशित

ताइवानमा नवनिर्वाचित राष्ट्रपति विलियम लाईले आफ्नो कार्यभार सम्हाल्नुभएको छ । गएको जनवरी महिनाको दोस्रो हप्ता राष्ट्रपति पदमा निर्वाचित लाईले आज कार्यभार सम्हाल्नुभएको बीबीसीले जनाएको छ ।कार्यभारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै उहाँले ताइवानलाई सैनिक र राजनीतिक धम्की नदिन चीनलाई चेतावनी दिनुभयो । उहाँले ताइवानी नागरिकको अभिमतलाई चीनले सम्मान गर्नुपर्ने बताउनुभयो । लाईले मध्य ताइपेईमा रहेको राष्ट्रपति कार्यालयबाहिर जम्मा भएको भीडलाई सम्बोधन गर्नुभएको हो ।

यसअघि उपराष्ट्रपति रहेका विलियमलाई ताइवान स्वतन्त्रता पक्षधर नेता मानिन्छ । यसअघि निर्वाचित भएको दिन समर्थकलाई सम्बोधन गर्दै उहाँले नागरिकले बाह्य दबाबको सफलतापूर्वक प्रतिरोध गरेको बताउनुभएको थियो । चीनले ताइवानलाई लामो समयदेखि आफूबाट छुट्टिएको प्रान्तका रूपमा हेर्ने गर्दछ । उसले ताइवानलाई कुनै पनि बेला आफूमा पुनः एकीकरण गरी छाड्ने दृढता व्यक्त गर्दै आएको छ । ताइवान मुद्दालाई लिएर चीन र अमेरिकाबीच पनि सम्बन्ध चिसिएको छ । अमेरिकाले ताइवानलाई भने सैन्य सहायता दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू