अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

इरानी राष्ट्रपति इब्राहिमको हेलिकोप्टर दुर्घटनामा निधन, कोही पनि जीवित भेटिएनन्

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:०४ मा प्रकाशित

इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । हिजोदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर पूरै जलेको अवस्थामा आज बिहान फेला परेको थियो ।हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपति, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत सबै जनाको निधन भएको त्यहाँको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ । इरानी राष्ट्रपति चढेको हेलिकप्टर हिजो कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो ।

दुर्घटना लगत्तै उद्धार टोली परिचालन गरिएको थियो । तर खराब मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो । अहिले पनि दुर्घटनास्थल पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा मौसम खराब छ । दुर्घटना वारजाघन शहर नजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ । राष्ट्रपनि रैसीले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर हिजो दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू