अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

इरानका राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी

बिआरटीनेपाल २०८१ जेठ ८ गते ७:१८ मा प्रकाशित

इरानका राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी भएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका राष्ट्रपति रइसी, विदेशमन्त्रीलगायतको अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी भएका बीबीसीले जनाएको छ ।

इरानमा रइसीको अन्तिम बिदाइका लागि कैयौँ कार्यक्रम आयोजना हुने खबरमा उल्लेख छ । यही कार्यक्रमअन्तर्गत उहाँहरूको शव हेलिकप्टर दुर्घटना भएको स्थल उत्तर–पश्चिमी शहर तब्रिज लगिएको हो । यसपछि उहाँहरूको शव धार्मिक हिसाबले महत्त्वपूर्ण मानिने कोम प्रान्तमा ल्याइने र त्यहाँ पनि अन्त्येष्टि समारोह निकाल्ने तयारी छ । त्यसपछि उहाँहरूको शव राजधानी तेहरान लगेर विशेष समारोहको आयोजना गरिने बीबीसीमा उल्लेख छ ।

गएको आइतवार हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी, विदेशमन्त्रीसहित नौ जनाको निधन भएको थियो । उहाँको निधनमा इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू