अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई युक्रेनी राष्ट्रपतिकाे आग्रह

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:५३ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई अपिल गर्नुभएको छ । रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका गाउँहरू धमाधम कब्जा गर्न थालेपछि युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसलाई परास्त गर्न आफूले साझेदार देशहरूबाट प्रत्यक्ष संलग्नताको अपेक्षा गरेको बताउनुभएको छ ।कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार जेलेनेस्कीले सबैजसो पश्चिमा हतियारको प्रयोगको अनुमति दिन पनि माग गर्नुभएको छ । उहाँले नाटोका हतियार र मिसाइल प्रयोग गरेर रुसी मिसाइल रोकिदिनुपर्ने बताउनुभएको छ ।

रुसले सन् २०२२ मा आक्रमण शुरु गरेदेखि युक्रेनमा हजारौँ मिसाइल र ड्रोनहरू प्रहार गरेको छ । रुसले यही मे १० तारिखदेखि खार्किभको उत्तरपूर्वी सीमा क्षेत्रमा आक्रमण शुरु गरेको छ । रुसले युक्रेनविरुद्ध तीन सय वटा विमान प्रयोग गरिरहेको बताउँदै जेलेनेस्कीले रुसविरुद्ध आकाशमै प्रतिरोध गर्न कम्तीमा एक सय ३० वटाभन्दा धेरै लडाकु विमान चाहिएको र यो सहयोग नाटो तथा पश्चिमा देशले गर्न सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू