अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

अफगानिस्तानको घोर प्रान्तमा बाढीले ५० जनाको मृत्यु

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:४१ मा प्रकाशित

अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण दर्जनौं वेपत्ता छन् भने हजारौं विस्थापत भएका छन् । बाढीले हजारौं गाईवस्तु मारेको, करिब २ हजार घर ध्वस्त भएको र धेरैलाई क्षति पुर्याएको अधिकारीहरुले बताएका छन् । यो हप्ता उत्तरी र मध्य क्षेत्रहरूमा व्यापक वर्षा भइरहेको छ । प्रान्तीय राजधानी फिरोजकोहमा करिब दुई हजार पसलहरु डुबेका छन् ।

प्रान्तको प्रकोप व्यवस्थापन विभागले “आपतकालीन अवस्था’’ घोषणा गर्दै आश्रय, खाना र पानीका लागि अपिल गरेको छ । अघिल्लो हप्ता मात्रै अफ्गानिस्तानमा बाढीमा परि तीन सयभन्दा बढीले ज्यान गुमाएका थिए । लगातारको बाढीले अफ्गानिस्तानका खेतीयोग्य जमिन बाक्लो हिलोले ढाकिएको छ । ४ करोडभन्दा बढी जनसंख्या रहेको अफ्गानिस्तानमा ८० प्रतिशत जनता कृषिमा निर्भर छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू