अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:५९ मा प्रकाशित

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा भएको छ । सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको हो । राष्ट्रपति रायसीको आज अन्त्येष्टि गर्ने तयारी भइरहेको समाचार संस्था अलजजिराले जनाएको छ ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिसहित विदेशमन्त्री लगायत नौ जनाको ज्यान गएको थियो । राष्ट्रपति रायसी चढेको हेलिकप्टर अस्तिदेखि सम्पर्कविहीन रहेकामा हिजो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । राष्ट्रपतिको निधनपछि उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालनुभएको छ भने विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानको निधनपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ ।

यसैबीच, रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए पनि यसले इरानको विदेश नीति वा मध्यपूर्वमा उसको भूमिका परिवर्तन गर्ने सम्भावना नभएको विश्लेषकहरूले बताएका छन् । उनीहरुकाअनुसार रायसीको निधनले राजनीतिक व्यवस्थालाई स्थिरता सुनिश्चित गर्न भने चुनौती देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू