अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२
| Colorodo: 16:47
काठमाण्डौं । नेपाली सुगम सङ्गीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘चियावारिमा’ गीतको भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रूपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाएको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको सङ्गीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरूलाई समेटिएको छ ।
ज्ञानु राईको छायाङ्कन, सुवास लिम्बुको सम्पादन तथा उसा मलाहा सिम्रनको निर्देशन भिडियोमा रहेको छ । चियावारिमा गीतको भिडियोमा रविना प्रधान, सन्तु थापा मगर, भुपाल, बुढाथोकी र विक्रम धिमालको अभिनय रहेको छ ।
चियावारिमा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।