अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

युरोपा लिगमा एसी मिलानको विजयी सुरुवात

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २२:०९ मा प्रकाशित

युरोपा लिग फुटबलमा इटालियन क्लब एसी मिलानले विजयी सुरुवात गरेको छ । समूह एच अन्तर्गत बिहीबार राति भएको खेलमा एसी मिलानले सेल्टिकलाई ३-१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको एसी मिलानले दोस्रो हाफमा एक गोल गरेर एक गोल खाएको हो ।

अवे मैदानमा भएको खेलमा एसी मिलानका लागि क्रूनिक, डियाज र हाउगले गोल गरे । सेल्टिकका लागि एलयूनोउसीले एक गोल फर्काएका हुन् । आर्सनलले पनि युरोपा लिगमा विजयी सुरुवात गरेको छ । उसले रापिड भिएनालाई २-१ ले पराजित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू