अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

इङ्लिस प्रिमियर लिगका अपराजित टोली आर्सनल र लिभरपुल आज आमने सामने हुँदै

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:४७ मा प्रकाशित

इङ्लिस प्रिमियर लिगमा यो सिजन अपराजित रहेका लिभरपुल र आर्सनल आज आमने सामने हुँदैछन्। साविक विजेता लिभरपुल घरेलु मैदानमा उत्रने छ। दुवै टोलीले यो सिजन दुई खेल खेल्दै ६ अंक जोडेका छन्। लिभरपुलले पहिलो खेलमा लिड्सलाई ४–३ र दोस्रो खेलमा चेल्सीलाई २–० गोलले हराएको थियो। आर्सनलले पहिलो खेलमा फुलहमलाई ३–० र दोस्रो खेलमा वेस्टहामलाई २–१ गोलले हराएको थियो।

पछिल्लोपटक यी दुई टोली गत महिना कम्युनिटी सिल्डमा भिडेका थिए जसमा आर्सनलले लिभरपुललाई टाइब्रेकरमा २– १ गोलले हराएको थियो । प्रिमियर लिगमा यी दुईबीच भएको अन्तिम भिडन्तमा पनि आर्सनल विजयी भएको थियो। प्रिमियर लिगमा सन् २०१५ पछि पहिलोपटक आर्सनलले लिभरपुललाई गत सिजन हराएको थियो । यो सिजन प्रिमियर लिगमा लेस्टर सिटी र एभर्टनले तीन खेल खेल्दै ९ अंक जोडेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू