अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन अनुमति दिने

बिआरटीनेपाल २०७७ असोज १० गते ७:३४ मा प्रकाशित

पर्यटन मन्त्रालयले कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन अनुमति दिने भएको छ ।मन्त्रालयले हवाई मार्गबाट आउने पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी गरेक छ ।अनअराइभल भिसाका लागि गृह मन्त्रालयसँग समन्वय सुरु गरिसकेको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

मन्त्रालयले हवाई मार्गबाट आउने पर्यटकलाई मात्र अनअराइभल भिसा दिइने उहाँले बताउनुभयो ।विदेशबाट आउने पर्यटकलाई अनिवार्य सात दिन क्वारेन्टाइनको प्रावधान राखेर विदेशी पर्यटकलाई घुम्न दिइने बताउनुभयो ।

नेपाल भ्रमणका लागि युरोपेली मुलुकका पर्यटकबाट बुकिङ आउन सुरु भएको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्सले जनाएको छ । कोरोना महामारीका कारण गत वर्षमै बुकिङ गरिसकेका र भ्रमण प्याकेज अक्टोबरका लागि स्थगित गरेका पर्यटक आउन तयार रहेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू