अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

इंग्लिस प्रिमियर लिग– आधा दर्जन गोल गर्दै चेल्सी चौथो चरणमा

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:२४ मा प्रकाशित

इंग्लिस प्रिमियर क्लब चेल्सी काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गए राति भएको तेस्रो चरणको खेलमा बान्र्सलेलाई ६–० ले हराउँदै चेल्सी लिक कपको चौथो चरणमा पुगेको हो । चेल्सीका लागि काई हाभर्ट्जले ‘ह्याट्रिक’ गर्दा ट्यामी अब्राहम, रोस बार्क्ले र ओलिभर जिरुले एक÷एक गोल गरे ।

यसै सिजनमा चेल्सी प्रवेश गरेका जर्मन खेलाडी हाभर्ट्जले नयाँ क्लबका लागि पहिलो गोल गरेकै खेलमा ह्याट्रिकसमेत गरेका हुन् ।काराबाओ कप फुटबलकै अर्को खेलमा लेस्टर सिटीलाई २–० ले हराउँदै आर्सनल पनि चौथो चरणमा पुगेको छ ।

खेलमा आर्सनलका लागि एन्केतियाले एक गोल गर्दा लेस्टरका डिफेन्डर क्रिश्चियन फुसले एक आत्मघाती गोल गरे । तेस्रो चरणका अरु खेलहरुमा विजयी हुँदै फुल्हम, बर्न्ले, ब्राइटन, स्टोक सिटी, एभर्टन र न्यूकासल युनाइटेड पनि चौथो चरणमा उक्लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू