अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

अमेरिकी अश्वेत नागरिक फ्लोयड हत्या विरोधमा लिभरपुलका खेलाडीको प्रदर्शन

बिआरटीनेपाल २०७७ जेठ १९ गते २२:२५ मा प्रकाशित

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले विरोध जनाएका छन् ।लिभरपुलका खेलाडीले हिजो फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका हुन् ।

यस अघि जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए ।अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।

प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू