अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

भारतमा आयोजना हुने फिफा १७ वर्ष मुनिको महिला विश्वकप फुटबलको नयाँ मिति निर्धारण

बिआरटीनेपाल २०७७ वैशाख ३० गते २१:५२ मा प्रकाशित

भारतमा आयोजना हुने फिफा १७ वर्ष मुनिको महिला विश्वकप फुटबलको नयाँ मिति तय भएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित प्रतियोगिता अर्को वर्ष हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि ७ मार्चसम्म हुने जनाएको छ ।

यस अघि प्रतियोगिता यहिँ नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न पाँच शहरमा हुने तय थियो । यस्तै फिफाले २० वर्ष मुनिको महिला विश्वकप आगामी वर्षको जनवरीमा गर्ने जनाएको छ । कोस्टारिका र पानमामा तय भएको प्रतियोगिता जनवरी २० देखि ६ फेबु्रअरीसम्म हुनेछ । यसअघि सेप्टेम्बर र अगष्टमा तय भएको थियो । फिफाले लिथुनियामा हुने फुटसलको विश्वकपको समेत नयाँ मिति तय गरेको छ । फिफाले सन् २०२१ को सेप्टेम्बर १२ देखि ३ अक्टोबरसम्म हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू