अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

२१ मार्च, ५५ औ अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवस( २१ मार्च) को सन्दर्भमा आर्थिक अपिल

बिआरटीनेपाल २०७६ चैत ८ गते ११:४६ मा प्रकाशित

२१ मार्च, रङ्ग भेद जाती भेद विरुद्धको आन्दोलनमा दक्षिण अफ्रिकामा ६९ जना अधिकारकर्मीहरुलाई त्यहाँको श्वेत सरकारले गोली हानी हत्या गरेको दिन, जुन दिनलाई संयुक्त राष्ट्र सङ्घले सन १९६९ मा रङ्गभेद विरुद्ध अन्तर्राष्ट्रिय दिवस International day for the elimination of racial discrimination को रूपमा मनाउने निर्णय गरेपछि विश्वका सबै जसो देशहरूले मार्च २१ लाई अन्तर्राष्ट्रिय रङ्गभेद तथा जाती भेद उन्मुलन दिवसको रूपमा मनाइने गरिएको छ । नेपालले संयुक्त राष्ट्र सङ्घद्वारा सन १९६९ मा पारित गरेको सबै प्रकारका जातीय विभेद उन्मुलन गर्ने महासम्धी मा सन १९७१ मा प्रतिबद्धता सहित हस्ताक्षर गरेको ५१ वर्ष पुरा भैसकेको छ । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भए पनि जातीय विभेद तथा छुवाछुतका घटनाहरू घटिरहेका छन्, दलित समुदायलाई सरकारद्वारा विगतमा गरिएका प्रावधानहरू पनि कटौती भएका छन्, संविधानमै उल्लेख भएका प्रावधानहरू (राष्ट्रिय दलित आयोगको गठन, समानुपालिका समावेशीकरण) लाई लागू गर्न पनि सरकार उदासीन रहेको हुँदा यस प्रति तत्काल आवश्यक कदम चाल्न ग्लोबल फोरम हार्दिक अपिल गर्दछ ।

जाती भेद विरुद्ध विश्व मञ्च (Gobal forum Against cast based discrimination) ले सदा झैँ यो वर्ष पनि भव्य रूपमा यो दिवस मनाउने तयारी गरी रहेको वेला कोरोना भाइरस (Covid -19) का कारण विश्वव्यापी महामारीको अवस्था आएको हुँदा ग्लोबल फोरम २०२० को २१ मार्चको अवसरमा देशमा र प्रवासमा रहनु हुने सबै मानुभावहरुमा कोरोना भाइरसको महामारीबाट आफू बाच्न र अरूलाई बचाउनको लागि सावधानात्मक र उपचारात्मक उपायहरू अपनाउन, सरकारलाई दबाब सृजना गर्न, समुदायलाई सचेत पार्न, स्वयंसेवक भई प्रभावित क्षेत्रमा गई सेवा गर्न सम्बन्धित सवैमा हार्दिक आव्हान गर्दछ । साथै नेपाल सरकारलाई यो कोरोना भाइरसको महामारी रोकथामको लागि स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी रूपमा परिचालन, राष्ट्रसेवकहरू— निजामती, प्रहरी, सेना शिक्षक सबैलाई परिचालन गर्दै गाउँ देखि केन्द्रीय तह सम्म प्रभावकारी योजना बनाई कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछ ।

तीर्थ विश्वकर्मा
अध्यक्ष, ग्लोबल फोरम

 

फाइल फोटो

प्रतिक्रिया