अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

कोलोराडोका नेपाली संस्ठाहरुको संयुक्त प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७८ माघ १ गते ११:२४ मा प्रकाशित

कोलोराडोको सुपेरियर, लुइसभिल, ब्रुमफिल्ड, र बोल्डर सहरहरूमा गत डिसेम्बर ३०, २०२१ तारिखको दिन लागेको आगो (मार्सल फायर) बाट करिब १००० घर र व्यवसायहरू नष्ट हुनुको साथै ठुलो मात्रामा धनमालको क्षति भएको छ । त्यसबाट प्रभावित भएका परिवारहरूलाई कोलोराडोमा रहेको नेपाली समुदायबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न मिति जनवरी ८, १० र ११ तारिखमा बसेको नेपाली संस्थाहरूको बैठकले यस विपतको घडीमा गोफन्डमीको मार्फतबाट आर्थिक साहयता रकम सङ्कलन गरी आगलागीबाट पीडित भएका परिवारहरूलाई प्राप्त हुने गरेर त्यो रकम प्रदान गर्ने निर्णय गरेको छ ।

यो जानकारी यहाँहरु सबै माझ राख्दै कोलोराडो र कोलोराडो भन्दा बाहिर रहनुभएका पनि सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई यस मानवीय कार्यमा सक्दो सहयोग प्रदान गर्नुहुन विनम्रताका साथ अनुरोध गर्दछौ । यसरी सङ्कलित भएको सहयोग रकम र त्यो रकम कसरी र कसलाई हस्तान्तरण गरियो भन्ने सम्पूर्ण विवरणहरू पारदर्शी रूपमा यहाँहरु समक्ष प्रस्तुत गर्ने नै छौ ।

१ जगदीशचन्द्र ढकाल – कार्यवाहक अध्यक्ष, नेपाली घर
२ टिका पौडेल – अध्यक्ष, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल
३ आर.सी. पन्त – अध्यक्ष, एनआरएनए, कोलोराडो च्याप्टर
४ राजु सिटौला – अध्यक्ष, अनेसास, कोलोराडो शाखा
५ प्रेमकाजी श्रेष्ठ – अध्यक्ष, कोलोराडो नेवा: खल:
६ श्रीराम लुइटेल – संयोजक, बिडीए कोलोराडो
७ सोम बराल – अध्यक्ष, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडो
८ सञ्जय प्रधान – हिमालयन लायन्स क्लब, लङमन्ट
९ कृष्ण थापा मगर – अध्यक्ष, मगर सङ्घ अमेरिका, कोलोराडो च्याप्टर
१० राज ढुंगाना – बोर्ड अफ डिरेक्टर, एनआरएनए एनसीसी युएसए
११ गणेश भण्डारी – अध्यक्ष, नेपाली जनसम्पर्क समिति, कोलोराडो च्याप्टर
१२ धन पौडेल – संयोजक, सिस्टर्स ग्रुप
१३ शान्ति श्रेष्ठ – अध्यक्ष, संखुवासभा समाज, अमेरिका
१४ चन्द्रमान गुरुङ – अध्यक्ष, तमु धिं कोलोराडो च्याप्टर

मिडियाकर्मी
१ बिआरटी नेपाल डट कम
२ नातिबाबु भट्ट – इनेपलिज डट कम/ हिमालयनखबर डट कम

प्रतिक्रिया