अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

“खुल्ला कविता प्रतियोगितासम्बन्धी जानकारी” एएनए डेन्भर सम्मेलन, २०२३

बिआरटीनेपाल २०८० जेठ १८ गते १५:५५ मा प्रकाशित

एएनए डेन्भर सम्मेलन, २०२३ का अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा तथा एएनएद्वारा संयुक्त रुपमा खुल्ला कविता प्रतियोगिता आयोजना गरिदैँ छ । यस प्रतियोगितामा भाग लिएर आफ्नो साहित्यिक प्रतिभालाई प्रस्फुटित गराउनुहुन सम्पूर्ण साहित्यानुरागी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ ।

प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरूले निर्धारित समय सीमाभित्र इमेलमार्फत आफ्नो रचना बुझाउनुहुन तथा सम्मेलनका अवसरमा हुने साहित्यिक कार्यक्रममा उपस्थित भएर आफ्नो रचना वाचन गर्नुहुन पनि आग्रह गर्दछौँ ।

साहित्यिक कार्यक्रम आयोजना गरिने:
मिति: जुलाई २, २०२३ आइतबार
समय: बिहान १०:०० बजे
स्थान: DoubleTree by Hilton Denver Central Park
4040 Quebec St, Denver, CO 80216

कविता प्रतियोगितामा भाग लिन पालना गर्नुपर्ने नियमहरू:

१) प्रतियोगीले आफ्नो रचना इमेल मार्फत inlscolorado@gmail.com ठेगानामा जुन २६, २०२३ भित्र पठाई सक्नुपर्नेछ ।
२) रचनाको शब्दसीमा अधिकतम २०० शब्दको हुनुपर्नेछ ।
३) एक जना प्रतियोगीको एउटा मात्र रचना प्रतियोगितामा समावेश गरिनेछ ।
४) प्रतियोगितामा अनेसास, कोलोराडो शाखा कार्यसमितिका पदाधिकारी तथा एनएनए डेन्भर सम्मेलन २०२३, साहित्य समितिका सदस्यले भाग लिन पाउने छैनन् ।
५) कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज गर्ने एवं सामाजिक सद्भावमा खलल पुर्‍याउने विचारहरू तथा अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वत: अस्वीकृत हुनेछन् ।
६) कविताका विषयवस्तु तथा रूप गद्य वा पद्य (पद्य भन्नाले छन्दबद्ध हुनुपर्छ भन्ने छैन)को चयन स्वतन्त्र छोडिएको छ ।
७) कविता नितान्त नयाँ तथा मौलिक हुनुपर्नेछ । कवि/ कवयित्रीले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।
८) प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सञ्जालहरू सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिनेछ ।
९) प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।
१०) प्रतियोगिताका लागि प्राप्त भएका कविताहरूमध्येबाट लेखनको आधारमा उत्कृष्ट ठहरिएका पाँच कवितालाई कार्यक्रममा वाचनको अवसर प्रदान गरिनेछ र यसरी वाचन गरिएका कविताहरूबाट प्रथम, द्वितीय र तृतीय हुने कविताको घोषणा गरिनेछ ।
११) प्रतियोगितामा वाचनका लागि छनौट भएका कविताहरू वाचन गर्न कवि/ कवयित्री स्वयं उपस्थित हुनुपर्नेछ ।
१२) प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमश: अमेरिकी डलर ३००, २०० र १०० तथा सान्त्वना दुई प्रत्येकलाई अमेरिकी डलर ५० का साथै कविता वाचन गर्ने पाँचै जनालाई प्रशंसापत्र पनि प्रदान गरिनेछ ।
१३) निर्णायक मण्डलीको निर्णय नै अन्तिम हुनेछ ।
१४) प्रतियोगितामा समावेश गर्न बुझाइएका रचनाहरू कागजी तथा विद्युतीय पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने अधिकार समितिसँग सुरक्षित रहनेछ ।
१५) प्रतियोगितासम्बन्धी अन्य जानकारीका लागि inlscolorado@gmail.com मा इमेल गर्न तथा ७२०४८००३४७ मा फोन गर्न सक्नुहुनेछ ।

राजु सिटौला
सहसंयोजक, एएनए डेन्भर सम्मेलन २०२३

प्रतिक्रिया