अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्सको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७८ असार २८ गते ११:०२ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले “Fostering Technology Development For Shared Benefits” भन्ने नाराका साथ भर्चुअल प्रविधिको माध्यमबाट अगस्ट १४-१५, २०२१ मा सोसाइटीको चौधौँ वार्षिक इन्जिनियरिङ सम्मेलन गर्न गइरहेको छ । उक्त दुई दिवसीय कार्यक्रममा इन्जिनीयरहरु, वैज्ञानिकहरू, सूचना प्रविधिका विशेषज्ञहरू तथा अन्य सम्बन्धित पेसाकर्मीहरूलाई एकै स्थानमा ल्याएर उनीहरूका ज्ञान र अनुभव आदानप्रदान गर्ने प्राविधिक सत्रहरू रहनेछन्। यस सम्मेलनले नेपाली सहकर्मीहरू तथा नेपालका मित्रहरू बिच सञ्जाल स्थापना गर्ने र सामाजिकीकरण (Socialization) गर्ने अवसर पनि उपलब्ध गराउनेछ। यसका अतिरिक्त प्राज्ञिक जगत्, उद्योग व्यवसाय तथा नेपाल र अमेरिकाका सरकारी निकायका विशिष्ट अतिथिहरूलाई समेत सम्मेलनमा आमन्त्रण गरिएको छ।

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) IRS 501(c)(3) कर छुट हैसियतमा स्थापना गरिएको नाफारहित संस्था हो, जसको उद्देश्य इन्जिनियरिङ तथा तत् सम्बन्धी वैज्ञानिक र प्राविधिक क्षेत्रमा क्रियाशील नेपालीहरूलाई नजिक हुन, विचार आदानप्रदान गर्न, र एक अर्कालाई सहयोग र समर्थन गर्न तथा उनीहरूको र संस्थाको साझा हित प्राप्त गर्न एउटा चौतारी उपलब्ध गराउनु हो । सोसाइटीले नेपालमा इन्जिनियरिङ र प्राविधिक प्रगतिको प्रवर्द्धन गर्न पनि प्रयास गर्दछ । हामीले सञ्चालन गरिरहेका केही कामका उदाहरण यस प्रकार छन्: नेपालका हरेक विश्वविद्यालयका इन्जिनियरिङ छात्रछात्राहरूलाई उत्कृष्ट पुरस्कारको व्यवस्था (Merit Awards), अनुसन्धान र विकास अनुदान (Research and Development Grant), शोध वृत्ति (Graduate Student Research Fellowship), भूकम्प सम्बन्धी तालिम, प्राकृतिक प्रकोपको अवस्थामा सहयोग, COVID-19 सहयोग, आदि ।

हामी संयुक्त राज्य अमेरिका, नेपाल र विश्वभर छरिएर बसोबास गरिरहनुभएका नेपालीहरूलाई सम्मेलनमा सहभागी हुन हार्दिक
आमन्त्रण गर्दछौ/ उच्चस्तरीय प्राविधिक बिषयवस्तुहरु सर्वसाधारण जनसमुदायका लागि पनि सान्दर्भिक हुन्छन् र हाईस्कूलका विद्यार्थीहरू साथै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) क्षेत्रमा करियर बनाउन चाहने को लागि रुचिको विषय बन्न सक्छन् । विद्यार्थी तथा युवाहरूका लागि प्रयोगात्मक कार्यशाला आयोजना गरिनेछन् ।

विस्तृत जानकारीको लागि वेबसाइट हेर्नुहोला:

https://www.asnengr.org/wp/press-release/asnengr-14th-annual-conference-2021
संपर्क: conference@asnengr.org

Ananda Paudel, PhD, PMP General Chair
Nipesh Pradhananga, PhD
Technical Chair
ASNEngr 14th Annual Conference Organizing Committee, USA

प्रतिक्रिया