अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

सङ्घको आगामी अन्तर्राष्ट्रिय महाधिवेशन सम्बन्धमा प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७८ कार्तिक १ गते २०:४२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घको ८० औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोबर २०२१ शनिवारका दिन भर्रचुल माध्यमबाट सम्पन्न भयो । बैठकले सङ्घको १० औँ कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्बर ३० तारिख, २०२१, भित्र गर्ने वातावरण मिलाउने निर्णय भएको छ । सो निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रूपमा सम्पन्न गर्न परराष्ट्र मन्त्रालय लगायत विभिन्न सरोकारहरुसंग छलफल गरी महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले गैर आवासीय नेपाली सङ्घको विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको छ । बैठकले सङ्घको महाधिवेशन प्रतिनिधिहरूको सम्बन्धमा आएका गुनासाहरूलाई सम्बोधन गर्न सङ्घका पूर्वअध्यक्षहरुसंगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरूको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको छ ।

गैर आवासीय नेपाली सङ्घको महाधिवेशन प्रतिनिधिहरूका सम्बन्धमा आएका गुनासाहरूलाई सम्बोधन गर्न सङ्घ सक्षम रहेको र सङ्घको मूल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको जानकारी गराइन्छ साथै सङ्घको महाधिवेशन सम्म संयमित हुन सबै पक्षप्रति आग्रह गर्दछौँ ।

 

डी.बि क्षेत्री
प्रवक्ता

मिति: १८ अक्टोबर २०२१

प्रतिक्रिया