अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

पुलिस आहा–रारा गोल्डकपको फाइनलमा प्रबेश

बिआरटीनेपाल २०७६ फागुन २८ गते ६:४९ मा प्रकाशित

विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा, रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३ ० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा निर कुमार राईले दुई गोल गर्नुभयो भने भरत शाहले एक गोल थप्नुभयो । पुलिसका निर म्यान अफ दि म्याच चुनिनुभयो । अब पुलिसले उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू