अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

कोरोनाका कारण एभरेस्ट प्रिमियर लिग स्थगित

बिआरटीनेपाल २०७६ फागुन २२ गते ७:०८ मा प्रकाशित

आउँदो चैत एक गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको एभरेस्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको ईपीएलका संस्थापक तथा प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिनुभयो ।

कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिता स्थगित गर्न निर्देशन दिएको थियो । प्रतियोगिता स्थगित गर्नुपर्दा दुःख लागे पनि सम्पूर्ण नेपाली नागरिक तथा विदेशी खेलाडीको स्वास्थ्य नै ठूलो कुरा भएकाले प्रतियोगिता स्थगित गरिएको अख्तरले बताउनुभयो ।

कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिकाबारे जानकारी दिइने प्रबन्ध निर्देशक अख्तरको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू