अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

झगडामा उत्रिएका ६ खेलाडी एन्फाको कारवाहीमा

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:४७ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच भएको खेलमा झगडामा उत्रिएका ६ खेलाडी कारबाहीमा परेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई ५/५ खेलको प्रतिबन्ध गरेको छ। झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ। यस्तै मनाङका फरवार्ड रञ्जन विष्ट २ खेलको प्रतिबन्धमा परेका छन्। मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई भने २/२ खेलको प्रतिबन्ध लगाइएको छ।

जगजित र अशोकलाई १ हजार रुपैयाँ जरिवाना पनि गरिएको छ। एन्फाको अनुशासन समितिले ६ जना खेलाडीलाई कारबाही गर्ने बिहीबार निर्णय गरेको हो। मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ। यस्तै दुवै क्लबलाई ५०/५० हजार रुपैयाँ जरिबाना गर्ने पनि एन्फाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू