अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

ए डिभिजन लिग– थ्रीस्टारको उत्कृष्ट पुनरागमन, ब्रिगेडलाई ३– १ गोलले हराउँदै तेस्रो स्थानमा

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:२६ मा प्रकाशित

थ्रीस्टार क्लब जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइजलाई ३–१ गोलले हरायो । विजयी टोलीका लागि अनन्त तामाङ, सुसन श्रेष्ठ र वासियू ओलानडिरान हजमतले गोल गरेका हुन् ।

६६ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको ब्रिगेडले अन्तिम समयमा गोल फर्काएको थियो। थ्रीस्टार पहिलो हाफमै २– ० गोलले अगाडि थियो। थ्रीस्टार पाँच खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । पाँच खेलपछि मनाङ मर्स्याङ्दीको ११ र मच्छिन्द्र क्लबको १० अंक छ। चौथो स्थानमा रहेको नेपाल आर्मीको चार खेलबाट ९ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू