अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र र च्यासलको बराबरी

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:३२ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र च्यासल युथले बराबरी खल्दै अंंक बाँडेका छन् । आज भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

ललितपुरको एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता च्यासलले लिएको थियो । खेलको २८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्नुभएको थियो । तर खेल सकिन २ मिनेट बाँकी छँदा मछिन्द्रले बराबरी गोल फर्कायो । च्यासलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई डिबक्स भित्रबाट देवेन्द्र तामाङले सहजै गोल गर्नुभएको थियो ।

बराबरीको नतिजासँगै मछिन्द्रले दुई खेलबाट ३ अंक जोडेको छ । च्यासल ४ अंक सहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू