अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमण पूर्वसन्ध्यामा दक्षिण कोरियामा प्रदर्शन

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ७:०८ मा प्रकाशित

२ दिने दक्षिण कोरिया भ्रमणमा जान लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण पूर्वसन्ध्यामा दक्षिण कोरियामा प्रदर्शन भएको छ । आईतबार भएको यो प्रदशन आउँदो मंगलबार दक्षिण कोरिया जान लागेका ट्रम्पको बिरोधमा नभई शान्तिका लागि गरिएको हो ।

सयौँको सङ्ख्यामा रहेका दक्षिण कोरियाली जनताले गरेको यो प्रदशनबाट त्यहाँका जनता दुई राष्ट्रबिच शान्ति चाहन्छन् भन्ने बुझ्न सकिन्छ । वासिङ्टन र प्योङ्याङबीच उत्तर कोरियाको आणविक परीक्षणका कारण सम्बन्ध बिग्रीरहेको अवस्थामा हुन लागेको यो कोरिया भ्रमण शान्तिका लागि होस् भन्ने माफ दक्षिण कोरियाली जनताको छ ।

आइतबार जापानको टोकियोमा रहेका राष्ट्रपति ट्रम्प मङ्गलबार र बुधबार दक्षिण कोरिया रहने कार्यक्रम छ । जापान, दक्षिण कोरिया, लगायत राष्ट्रको भ्रमणमा रहेका ट्रम्पले भियतनामी, चिनियाँ र फिलिपिनी राष्ट्राध्यक्ष लगायतका उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू