अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

अमेरिकाले गल्ती गरेको नेतेन्याहुको दाबी

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ६:२९ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध लडिरहेको इजरायललाई हतियार आपुर्ति रोकेर अमेरिकाले गल्ती गरेको बताउनुभएको छ । इजरायलले गाजाको रफाह शहरमा आक्रमण थालेपछि अमेरिकाले उसलाई पठाउने हतियारको ढुवानी रोकेको थियो । यही विषयमा इजरायली प्रधानमन्त्री नेतेन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गर्नुभएको हो ।

अमेरिकी टेलिभिजनसँगको एउटा अन्तर्वार्ताको क्रममा नेतान्याहुले इजरायली सेनाले सर्वसाधारण जनतालाई रफाह छोड्न सक्दो सहयोग गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू