अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

इजरायली प्रधानमन्त्री नेतान्याहूमाथि बाँकी बन्धक छुटाउन दबाब

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:३७ मा प्रकाशित

इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।रोन वेन्जामिनलाई प्यालेस्टिनी विद्रोही समूह हमासले गएको अक्टोर ७ मा इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो । यसअघि अस्ति शुक्रवार तीन जना बन्धकको शव भेटेको इजरयाली सेनाले बताएको थियो ।

यसैबीच इजरायली युद्ध मन्त्रिपरिषद्का मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको लागि युद्धपछिको योजना नबनाए राजीनामा दिने धम्की दिनुभएको छ । उहाँले गाजामा हमास शासनको अन्त्य र बहुराष्ट्रिय नागरिक प्रशासन स्थापनासहित छ वटा रणनीतिक लक्ष्य प्राप्त गर्ने योजना नबनाए राजीनामा दिने धम्की दिनुभएको बीबीसीले जनाएको छ । उहाँले योजना बनाउन यही जुन आठ तरिखसम्मको समय दिनुभएको छ । प्रधानमन्त्री नेतान्याहूमाथि बन्धक रिहा र गाजामा युद्धपछिको योजना बनाउन देशभित्र दबाब बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू