अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

नासाको ‘सुपरसोनिक एक्स’ विमान पहिलो परीक्षण उडानको लागि तयार

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:२६ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष निकाय (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञ मिलेर बनेको उडान तयारी समीक्षा बोर्ड र एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यान केन्द्रित गर्दै सम्भावित खतराको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ । यो विमान नासाको ‘क्वेस्ट मिशन’ को केन्द्रमा रहेको छ र यसलाई हवाई यात्रामा व्यापक सुधारसहित तथ्याङ्क संकलन गर्न प्रयोग गर्नेछ । यसले आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताको लागि मार्ग प्रशस्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू