अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

जापानको टोकियोमा ‘उड्ने कार’ को प्रदर्शन

बिआरटीनेपाल २०८१ जेठ ६ गते ६:२९ मा प्रकाशित

जापानको राजधानी टोकियो शहरमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर ‘उड्ने कार’ को प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ प्रदर्शन गरिएको हो ।

सेन्टरबाहिर पार्किङ स्थलमा कार जमिनबाट झन्डै १० मिटर टाढा घुम्दा हेर्न दर्शकको घुइँचो लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उड्ने साधन मानव यातायातको अर्को पुस्ताको हिस्सा बन्ने अपेक्षासमेत गरिएको छ ।

ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा यस्तो कार प्रभावकारी हुने विश्वास गरिएको छ । यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्साको ४ दशमलव ५ मिटर चौडा, २ दशमलव ६ मिटर अग्लो र झण्डै एक सय ९६ किलोग्राम तौल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू