अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनिसको मृत्यु

बिआरटीनेपाल २०८१ जेठ ५ गते ५:४९ मा प्रकाशित

मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन स्पेनिस नागरिक भएको पुष्टि भएको छ । तीमध्ये दुई महिला र एक पुरुष रहेका स्थानीय प्रहरी अधिकारीले बताएका छन् । उक्त घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार नागरिक घाइते भएका बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले बताउनुभयो ।

विदेशीबाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अरू तीन अफगानी घाइते भएका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा चार संदिग्धलाई पक्राउ गरिएको पनि कानीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू