अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

संसद् अवरुद्ध: संसदमा कांग्रेसको नाराबाजी, बैठक जेठ १ गतेसम्मका लागि स्थगित

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ६:२४ मा प्रकाशित

नेपाली कांग्रेसले सदनमा नाराबाजी गरेको छ। कांग्रेसका सांसदहरुले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको मागसहित प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका हुन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद गगन थापालाई बोल्न समय दिएपनि आफूहरूको माग पूरा हुने अवस्था नरहेको भन्दै कांग्रेसका सांसदले नाराबाजी गर्दै विरोध गरेका हुन् ।

कांग्रेसका सांसदहरुले ‘सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’लगायतका नारा लगाउँदै नाराबाजी गरे । विरोधका बिच सभामुखले सदनको कारबाही अघि बढाउन खोजेपनि कांग्रेस सांसदहरू बेल घेराउमा समेत पुगेका थिए । कांग्रेसका सांसदहरुले अवरोध जारी राखेपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।

यसैवीच, प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू