अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरूको निर्णय

बिआरटीनेपाल २०८१ जेठ ६ गते ५:५२ मा प्रकाशित

विपक्षी पाँच दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ । आज बसेको विपक्षी दलहरूको बैठकले सो निर्णय लिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले दिने जवाफमा प्रतिपक्षी दलहरू सहमत भएमा संसदीय समितिको माग समेत फिर्ता लिने र संसद चल्न दिने समझदारी भएको शाहीले बताउनुभयो ।

नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निन्तर संसद अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछाने यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आएको भए पनि काँग्रेसले मानेको थिएन । आज बसेको विपक्षी दलहरूको बैठकमा काँग्रेस यसमा सहमत भएको हो । शनिबार दुवै पक्षका दलहरुबीच संसदीय समिति गठन गर्ने विषयमा सहमति भइसकेको छ । जस अनुसार एउटा कार्यदल समेत बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू