अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ जेठ ५ गते ५:२४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले जेठको ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने जिकिर गर्नुभयो । उहाँले विश्वासको मत आउँदैन की भन्ने चिन्ता नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतबार बिहानसम्म सहज रुपबाट संसद सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताउनु भयो । उहाँले आफूले संसदको अवरुद्ध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताउनुभयो । उहाँले संसद सहज रुपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रुपमँ अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रश्ततु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटर बजेट र नीति तथा कार्यक्रमको तादात्म्यता मिलाइ ल्याउने गरी तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू