अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भयो : नेपाली कांग्रेस

बिआरटीनेपाल २०८१ जेठ ७ गते ४:५१ मा प्रकाशित

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको आरोप लगाएको छ । सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले नेपाली काँग्रेससहित संघीय संसदमा रहेका सबै विपक्षी दलहरुले लाखौँ नेपाली नागरिकको अर्बौं रुपैयाँ अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको भन्दै स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समिति बनाउन माग गरेपनि सरकार त्यसमा तयार नभएको बताउनुभयो । उहाँले सत्तापक्ष, सरकार देशभरका सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासिन र गैरजिम्मेवार हुँदै सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउन लोकतन्त्र, मूल्य मान्यता, परम्परा सबैलाई कमजोर गरेर केही ठगलाई बचाउन उद्धत भएको आरोप लगाउनुभयो ।

प्रमुख सचेतक लेखकले संसदमा सबैभन्दा पहिला बोल्नका लागि विपक्षी दलले प्राथमिकता पाउने भएपनि आजको बैठकमा सभामुखले समय नदिनुभएको आरोप लगाउनु भयो । उहाँले नेपाली कांग्रेससहित संघीय संसदमा रहेका सबै विपक्षी दलहरुले लाखौँ नेपाली नागरिकको अर्बौं रुपैयाँ अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषय र त्यसमा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको विषयमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समितिको माग गरेका थियौँ । तर सत्तापक्ष, सरकार देशभरका सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासिन र गैरजिम्मेवार हुँदै सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउन लोकतन्त्र, मूल्य मान्यता, परम्परा सबैलाई कमजोर गरेर केही ठगलाई बचाउन उद्धत भएको छ ।

सत्तापक्षमा निरंकुशताको मनोवृत्ति हाबी भएको बताउनुभयो । उहाँले बहुमतको दम्भमा सरकारले आजै विश्वासको मत लिनकुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको बताउनुभयो ।प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत हुनेगरी कारबाही अघि बढाएको बताउनुभयो । उहाँले लोकतन्त्र र संसदीय मूल्य र मान्यता विपरित नजान सरकारलाई चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू