अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

संसदको गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग भएको छलफल सकारात्मक

बिआरटीनेपाल २०८१ जेठ ५ गते ५:२४ मा प्रकाशित

संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफललाई निरन्तरता दिनुभएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्नुभएको छ । छलफलमा प्रधानमन्त्री समिति गठन गरी निकास दिन सकारात्मक रहेको पाएको कांग्रेसका नेता रमेश लेखकले बताउनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिन लागेको विषयमा पनि जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड आजै सत्तापक्षका दलसँग छलफल गर्ने र फेरि कांग्रेसका नेताहरुसँग छलफल गर्ने तयारीमा हुनुहुन्छ ।

अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण बनेको अवस्थालाई सौहाद्र्धपूर्ण बनाउन पहल भैरहेको नेताहरुको भनाइ छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले संसदीय समिति बनाउनुपर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू