अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

राष्ट्रिय राजनीति तमासा हेरिरहेका छौं : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ जेठ ५ गते ५:२४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताउनुभएको छ । शनिबार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा आफूहरुलाइृ बेवास्ता गरिरहेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताउनुभयो । उहाँले देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले देशमा स्थायित्व र वामपन्थी कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरुको रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू