अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

कांग्रेसले डेढ वर्षका लागि प्रधानमन्त्री अफर गर्‍यो, अस्वीकार गरेपछि संसद अवरोध : गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०८१ जेठ ६ गते ७:२० मा प्रकाशित

रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूलाई डेढ वर्षका लागि अफर गरेको बताउनुभएको छ । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै लामिछानेले गृहमन्त्री हुन नमिल्ने तर प्रधानमन्त्री हुन कुन नैतिकताले मिल्ने हो भन्दै कांग्रेसलाई प्रश्न गर्नुभयो ।

‘म गृहमन्त्री हुन नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ। म आज यो सदनमा सोध्न चाहन्छु।’ लामिछानेले भन्नुभयो ,‘अफर गर्नेले कान रातो पार्नुपर्दैन। म राजनीतिमा गोपनीयता ख्याल राख्ने मान्छे हुँ केही गोपनीयता राखौंला तर मेरो प्रश्न छ। हिजो मलाई डेढ महिना प्रधानमन्त्री हुन गरेको अफरको डेट अफर छ कि अझै बाँकी छ। यो कुराको जवाफ सदनमा उभिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दिए राम्रो हुन्थ्यो। राति प्रधानमन्त्रीको अफर अनि अफर अस्वीकार गरेपछि भोलिपल्ट संसद अवरोध, संसदीय छानबिन समितिको माग उचित हो कि होइन ?’

गृहमन्त्री लामिछानेले दोषी देखिए मैलाई हत्कडी लगाउनु भनेर प्रहरीलाई निर्देशन दिएको बताउनुभयो। उहाँले कानुनले जे भन्छ प्रहरी सोहि अनुसार चल्ने बताउनुभयो। सहकारी ठगीमा आफ्नो संलग्नता नभएको र भएको प्रमाणित गरे कारबाही भोग्न तयार रहेको उहाँको भनाई छ ।  लामिछानेले फौजदारी कानुनबाहेकमा संसदीय छानबिन समिति गठन गर्न नमिल्ने भएपनि कांग्रेसको माग पूरा गर्न आफू तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू