अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

युक्रेनको प्रसिद्ध भवनमा रुसी आक्रमण

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ६:४९ मा प्रकाशित

युक्रेनको ओडिसा तटमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ । ‘ह्यारी पोर्टर क्यास्टल’ भनेर चिनिने पुरानो दरवार शैलीको एक भवनमा रुसले मिसाइल आक्रमण गरेको थियो । घटनामा ३२ जना घाइते भएका छन् ।

आक्रमणलगत्तै भवनमा भीषण आगलागी भएको थियो । युक्रेनको ओडेसामा रहेको उक्त भवनमा एउटा कानुन एकेडेमी रहेको थियो । युक्रनका पूर्व सांसद सर्ही किभालोभको स्वामित्वमा रहेको यो भवनलाई रुसी सेनाले विगत केही महिनादेखि निशाना बनाउँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू