अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

चीनमा कोभिडको खोप विकास गर्ने प्रमुख वैज्ञानिकमाथि भ्रष्टाचारको आरोप

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ६:५० मा प्रकाशित

कोभिड १९ विरुद्धको खोप विकास गर्ने प्रमुख चिनियाँ वैज्ञानिकमाथि भ्रष्टाचारको आरोप लागेको छ । ६२ बर्षिय वैज्ञानिक याङ स्याओमिङमाथि अनुशासन उल्लंघन र भ्रष्टाचारको अभियोग लागेको हो । अभियोसंगै उहाँलाई चिनियाँ जनकंग्रेसको सदस्यबाट बर्खास्त गरिएको छ । याङले कोभिडविरुद्धको खोप विकासमा चिनियाँ अनुसन्धानकर्ताहरुको टिमको नेतृत्व गर्नुभएको थियो भने उनकै टीमले सिनोफार्म खोप विकास गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी कठोर अभियान अन्तर्गत छानविन हुँदा वैज्ञानिक याङ पनि छानविनको घेरामा परेका थिए । उनीमाथि थप के कस्तो सजाय हुन्छ भन्ने चाहीँ खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू