अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

सहकारी ठगी मुद्धामा एक सातापछि धरौटी बुझाएर दिपेश पुन थुनामुक्त

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ६:२४ मा प्रकाशित

सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् ।

‘उनले किन पहिले बुझाएनन् भन्ने थाहा भएन’, राठौरले भन्नुभयो, ‘आज जम्मा गरेपछि अरू मुद्दा नभएकाले छुटेका छन् ।’ पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबी दाबी छ । यद्यपि, प्रहरी प्रधान कार्यालय स्रोत भने पुनले आफैं हाजिर हुने बताएकाले उनलाई तत्काल नियन्त्रणमा नलिइएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू