अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ५:४० मा प्रकाशित

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेलाई पदबाट बर्खास्त गरिएको छ। मन्त्रिपरिषद बैठकले गैरेलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रालयले शुक्रबार निकालेको सूचनामा उल्लेख छ।

बिदा स्वीकृत नगराई सहसचिव गैरे २०८० वैशाख २ गतेदेखि मन्त्रालयमा अनुपस्थित हुनुहुन्थ्यो। भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू