अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

शेयर बजार १७ अंकले घट्यो

बिआरटीनेपाल २०८० चैत १२ गते ५:४९ मा प्रकाशित

शेयर बजार आज पनि घटेको छ । यसअघि गएको मंगलवारदेखि बिहीवारसम्म लगातार घटेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन पनि घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव शून्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्डबाहेकका समूहको शेयर घट्दा लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो ।

समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र सर्बोतम सिमेन्टको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ७० लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू