अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

शेयर बजार तीन अङ्कले घट्याे

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ७:५९ मा प्रकाशित

हिजो खासै घटबढ नभएको शेयर बजार आज तीन अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २४ अङ्कले घटेर एक हजार नौ सय ६५ दशमलव ९३ विन्दुमा झरेको छ ।आज फाइनान्स, बीमा, म्युचल फन्ड, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार ओरालाे लागेकाे दिन सबैको लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मल्टीपर्पाेज फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज तीन सय तीन वटा कम्पनीका ६३ लाख १२ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको ११ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया